arrow

ईपीएलमा शनिबार दुई खेल, कालो बादलको त्रास

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १६ शनिबार
EPL-logo-jpg.jpg

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा शनिबार दुई खेलहरु हुँदैछन् । टियू क्रिकेट मैदानमा हुने पहिलो खेलमा भैरहवा ग्लाडियटर्स र काठमाडौं किङ्स–११ बीच प्रतिस्पर्धा हुँदैछ । यो खेल बिहान ९ः३० बजे शुरु हुनेछ ।

शरद भेषावकरको कप्तानीमा रहेको भैरहवा दोस्रो जित निकाल्ने योजनामा छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं पनि दोस्रो जितको खोजीमा रहेको छ । 

दोस्रो खेल
शनिबारको स्रो खेलमा विराटनगर वारियर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । विराटनगर र पोखराबीचको खेल दिउँसो १ः३० बजे शुरु हुनेछ ।

करण केसीको कप्तानीमा रहेको विराटनगर पहिलो जित निकाल्न चाहन्छ । विराटनगरले ३ खेलमा जित निकाल्न सकेको छैन ।

विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा भने दोस्रो जित निकाल्न चाहन्छ । 

अंक तालिका–
चितवन ३ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । भैरहवा ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । 

ललितपुर पेट्रियाट्स ४ खेलबाट ३ अंकसहित तेस्रो तथा पोखरा ३ खेलमा ३ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

काठमाडौं २ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

पुछारको अंकविहीन विराटनगर पुछारमा छ । 

कालोबादल
वर्षाले गर्दा अहिलेसम्म ईपीएलका चार खेल प्रभावित भएका छन् । शनिबारको खेलमा पनि कालो बादलले खेलमा असर पर्ने देखिएको छ । 

मनसुन सकिन अझै केही दिन बाँकी रहेको छ । 

समीकरण
६ टिम सहभागी ईपीएलमा लिग चरणका खेलहरु सकिएपछि शीर्ष दुई टोलीले क्वालिफायर १ मा प्रतिस्पर्धा गर्ने छन् । तेस्रो र चौथो स्थानमा रहने टिमले इलिमिनेटर खेल्नेछन् । 

हार्ने टिम बाहिरिने छ भने जित्ने टिमले पहिलो क्वालिफायरमा हारेको टिमसँग क्वालिफायर २ खेल्नेछ । यसरी जित्ने टिमले उपाधिका लागि फाइनल खेल्नेछन् । 

यसपटक पुरस्कार राशि पनि बढेको छ । विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छ । यसपालि विदेशी खेलाडीहरुको पनि उल्लेख्य सहभागीता छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ