arrow

हिमोफिलिया सोसाइटीको आग्रह, ‘जनगणनामा कोही पनि हेमोफिलिक नछुटौं’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १६ शनिबार
sosity.jpg

पोखरा । हिमोफिलिया सोसाइटी नेपालले राष्ट्रिय जनगणना जारी रहेकाले आाफ्नो पहिचान स्पष्ट दिएर जनगणनामा नछुट्न हिमोफिलिकहरुलाई आग्रह गरेको छ ।

सोसाइटीको गण्डकी प्रदेश समितिले शनिबार पोखरामा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरि यस्तो आग्रह गरेको हो । नेपालका करिब ३५ सय हिमोफिलिकहरु रहेको अनुमान गरिएपनि सोसाइटीसंग ७५० जनाको मात्र तथ्यांक छ ।

नेपालमा कति हिमोफिलिक छन् भन्ने स्पष्ट जानकारी राष्ट्रिय जनगणना सार्वजनिक हुने भन्दै यसमा आफ्नो पहिचान नलुकाउन सोसाइटीले आग्रह गरेको हो ।

हेमोफिलिया व्यक्तिको अधिकार अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐनमा स्पष्ट गरिसकेको भन्दै सोसाइटीले हिमोफिलिकको तथ्यांक अनुसार नयाँ रणनीति बनाएर अघि बढ्न खोजेको जनाएको छ ।

छलफलमा सहभागी मानवअधिकार अपांगता निर्देशक समितिका सदस्य उमेश दर्लामीले सोसाइटीमार्फत नेपालका सातवटै प्रदेशमा ञकेयर युनिटझ सञ्चालनको तयारी गरिरहेको जानकारी दिए । उनले हेमोफिलियाको बाच्न पाउने अधिकार सुनिश्चित गर्न सोसाइटी लागिपरेको बताए ।

सोसाइटीका अग्रज रेशमलाल रानाभाटले आफूहरुको समस्या निकै कारुणिक र पीडादायी भएको बताए । आफूहरुको समस्यामा राज्य र राज्यका निकायहरुले विशेष ध्यान पुर्याउनुपर्नेमा उनले जोड दिए ।

सोसाइटीका केन्द्रीय सदस्य रामकृष्ण बोगटीले २०४९ सालदेखिनै संस्था क्रियाशील रहेर हिमोफिलिकको हक हितमा काम गरिरहेको बताए ।

सोसाइटीका केन्द्रीय सदस्य नीरा कार्कीले आफ्नो अनुभव सुनाउँदै हेमोफिलियाले आफूलाई मात्र अपांग नवनाई सिंगो परिवारलाई नै मानसिक अपांग बनाउने दुखेसो पोखिन् ।

हिमोफिलिया सोसाइटी गण्डकी प्रदेश अध्यक्ष प्रकाश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सदस्य प्रकाश पौडेल र सचिव श्रीकृष्ण पौडेलले पनि संस्थाको बारेमा चर्चा गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ