- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा मुम्बई इन्डियन्सले मौका गुमाउँदा दिल्ली क्यापिटल्स प्लेअफमा पुगेको छ । शनिबारको खेलमा मुम्बईले ८ विकेटको नोक्सानीमा १२९ रन मात्रै बनाउन सकेपछि दिल्लीले १९.१ ओभरमा ६ विकेटको नोक्सानीमा पूरा गर्दै ४ विकेटको जित निकालेको हो ।
मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ३३ रन बनाए । आभेश खान र अक्षर पटेलले ३–३ विकेट लिए । दिल्लीका लागि श्रेयस ऐयरले ३३ बलमा नटआउट ३३ रन बनाए । रविचन्द्रन आश्विनले नटआउट २० रन बनाए । अक्षर प्लेअर अफ द म्याच भए ।
यो जितसँगै दिल्ली २ खेल्न बाँकी छँदै प्लेअफमा पुगेको छ । एक जित वा बराबरी वा रोयल च्यालेन्जर्स बैंगलोरको हारले दिल्ली क्वालिफायरमा पुग्नेछ ।
दिल्ली डिफेन्डिङ रनर अप हो । दिल्लीको १२ खेलबाट १८ अंक भएको छ । समान अंकको चेन्नई सुपर किङ्स शीर्ष स्थानमा छ । मुम्बई भने १० अंकसहित सातौं स्थानमा छ । यो हारले मुम्बईको प्लेअफ कठिन बनेको छ ।
मुम्बई डिफेन्डिङ च्याम्पियन हो ।