- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा शीर्ष स्थानको चेन्नई सुपर किङ्स पराजित भएको छ । १८९ रन बनाए पनि चेन्नईले राजस्थान रोयल्ससँग हारको सामना गर्नुपरेको हो ।
खेलमा चेन्नई ७ विकेटले पराजित भयो । पहिले ब्याटिङ गरेको चेन्नईले ४ विकेटको नोक्सानीमा १८९ रन बनायो । रितुराज गाइकवाडको शतक व्यर्थ गएको खेलमा उनले ६० बलमा ५ छक्का र ९ चौकाको मद्धतले नटआउट रहँदै १०१ रन बनाए ।
रविन्द्र जडेजाले १५ बलमा नटआउट रहँदै ३२ रन बनाए । राहुल टेवाटियाले ३ विकेट लिए ।
जवाफमा राजस्थानले १७.३ ओभरमै ३ विकेटको नोक्सानीमा जित निकाल्यो । शिभव दुबेले ४२ बलमा नटआउट ६४ तथा यशश्वी जैसवालले २१ बलमा ५० रन बनाए ।
कमजोर बलिङ गरेको चेन्नईका लागि शार्दुल ठाकुरले २ विकेट लिए । यो हारले चेन्नई कप्तान महेन्द्र सिंह धोनी निराश देखिएका छन् । उनले यो खेलमा ब्याटिङ पनि गर्न पाएनन् ।
यो जितसँगै राजस्थानले प्ले अफ सम्भावनाको ढोका खोलेको छ । चेन्नई पहिले नै प्लेअफमा पुगिसकेको छ ।
अंक तालिका
१२ औं चरणको समाप्तिसम्म चेन्नई र दिल्ली क्यापिटल्सको समान १८ अंक छ । दुवै टिम प्लेअफमा पुगिसकेका छन् ।
११ खेलबाट १४ अंकको रोयल च्यालेन्जर्स बैंगलोर एक खेल जित्नासाथ प्लेअफमा पुग्नेछ ।
कोलकाता नाइट राइडर्स, पंजाब किंग्स, राजस्थान रोयल्स र मुम्बई इन्डियन्सको समान १२ खेलबाट १० अंक छ । लगातार दुवै खेल जित्दै राम्रो रनरेट बनाउने टिम प्लेअफमा पुग्ने पक्का हुनेछ । पुछारको सनराइजर्स हैदराबाद भने ४ मा रहेर बाहिरिइसकेको छ ।