arrow

आईपीएल समीकरण र अबका खेल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १८ सोमबार
dhoni-chennai-ipl-2021.JPG

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा १३ औं चरणका खेलहरु शुरु भएका छन् । अब लिग चरणका सात खेलमात्र बाँकी छन् । यी खेलपछि प्लेअफ समीकरण पूरा हुनेछ । 

चार टिम अगाडि पुग्दा बाँकी रहेका चार टिमको यो सिजन सकिने छ । अहिलेसम्म सनराइजर्स हैदराबाद मात्रै प्लेअफको होडबाट बाहिरिएको छ । आइतबार रातिका खेलपछि १२ खेलबाट १८ अंकसहित चेन्नई सुपर किङ्स र दिल्ली क्यापिटल्स तथा १२ खेलबाट रोयल च्यालेन्जर्स बैंगलोर १६ अंकसहित प्लेअफमा पुग्न सफल भएको छ । 

अब यिनै तीन टिम मध्येबाट दुईले क्वालिफायरमा स्थान बनाउने छन् । प्लेअफका लागि अब बाँकी रहेका चारमध्ये एक टिमले मौका पाउने छन् । जसमा प्रवल सम्भावना कोलकाताले बोकेको छ । कोलकाताको १३ खेलमा १२ अंक भएको छ । पन्जाबले अवसर गुमाएको छ । उसको १३ खेलमा १० अंक रहेको छ । 

त्यस्तै राजस्थान रोयल्स र मुम्बई इन्डियन्सको १२ खेलमा १० अंक छ । डिफेन्डिङ च्याम्पियन मुम्बई सातौं स्थानमा छ र प्लेअफ मुस्किल बन्दै गएको छ । 

४ अंकबाट पुछारको हैदराबाद यसअघि नै यो होडबाट बाहिरिएको थियो । 

अबका खेल
सोमबार चेन्नई र दिल्ली खेल्दैछन् । मंगलबार राजस्थान र मुम्बई भिड्दै छन् । यो खेल जित्नेको प्लेअफ आशा जिवितै हुन्छ भने हार्ने बाहिरिने छ । 

बुधबार बैंगलोर हैदराबाद खेल्नेछन् । जित निकाल्दा बैंगलोर क्वालिफायरका लागि अगाडि बढ्ने छ भने हारले मुस्किलमा पर्नेछ । 

बिहीबार चेन्नई र पन्जाब खेल्नेछन् । जित्दा चेन्नई शीर्ष स्थानमा रहन सक्नेछ । तर त्यसअघि सोमबार दिल्ली र चेन्नईको भिडन्त महत्वपूर्ण हुनेछ । 

बिहीबारै कोलकाता र राजस्थान खेल्नेछन् । जितले कोलकातालाई प्लेअफको ढोका खुल्नेछ । तर त्यसअघि मुम्बई र राजस्थानबीचको नतिजा महत्वपूर्ण हुनेछ । 

शुक्रबार मुम्बईले हैदराबादसँग खेल्नेछ । यो खेलको जित र त्यसअघिको नतिजाले मात्र मुम्बईले प्लेअफ ढोका खोल्न सक्नेछ । त्यसअघि नै कोलकाताको खेल महत्वपूर्ण रहेको छ । 

लिग चरणको अन्तिम खेलमा शुक्रबारै दिल्ली र बैंगलोरबीचको भिडन्त हुनेछ । 

त्यसपछि पहिलो क्वालिफायर अक्टोबर १० मा आइतबार हुनेछ । 

इलिमिनेटर खेल सोमबार अक्टोबर ११ मा हुनेछ । 

बुधबार १३ अक्टोबरमा दोस्रो क्वालिफायर हुनेछ । 

फाइनल अक्टोबर १५ तारिख शुक्रबार दुबईमा हुनेछ । 



नयाँ