arrow

रहेनन् नट्टु काका

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १८ सोमबार
nattu-kaka.jpg

काठमाडौं । हिन्दी टेलिसिरियल ‘तारक मेहताका उल्टा चश्मा’ का अभिनेता घनश्याम नायकको निधन भएको छ ।  उनी उक्त सिरियलमा नट्टु काकाका नामले परिचित थिए । 

उनको ७७ वर्षको उमेरमा निधन भएको हो । उनी पछिल्लो समय क्यान्सर पीडित थिए । उनको निधन भएको कार्यक्रमका निर्माता असित मोदीले दिएका हुन् । 

उनले सामाजिक संजालमार्फत यो जानकारी दिएका हुन् । नट्टु काकाका छोरा विकासका अनुसार ३ महिना पहिले उनको घाँटीमा दाग देखिएको थियो । गत वर्षमात्रै अप्रेशन भएको थियो । 

उनको स्वास्थ्यमा सुधार आएको भए पनि अचानक स्वास्थ्य बिग्रिएसँगै ज्यान गएको हो । 

उनले सन् १९६० मा अशोक कुमारको चलचित्र मासूममा बाल कलाकारका रुपमा बलिउडमा डेब्यु गरेका थिए । 

त्यसपछि उनले बेटा, तिरंगा, आँखे, लाडला, क्रान्तिवीर, आन्दोलन, बरसात, माफिया, चाहक, इश्क, चाइना गेट, तेरे नाम, हम दिल दे चुके सनम, खाकी लगायतका दर्जनौं चलचित्रमा अभिनय गरेका थिए । 

सन् १९४४ को १२ मे मा जन्मिएका नट्टु काकाको आइतबार निधन भएको हो । 



नयाँ