arrow

मन टुटेपछि समान्थाले त्यागिन् तीन अर्ब २० करोड गुजारा खर्च 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १८ सोमबार
samantha-ruth-prabhu.jpg

काठमाडौं । मानिसका लागि सबैभन्दा ठूलो मन हुन्छ । मनले राम्रो चाहे राम्रो हुन्छ, नराम्रो चाहे नराम्रो । तर आफ्नो वशमा कतिपय कुरा हुँदैन जसले मन दुखाउँछ । 

टलिउड अभिनेत्री समान्था अक्किनेनीको मन पनि त्यसरी नै टुक्रिएको छ । उनको चार वर्षे वैवाहिक सम्बन्ध शनिबार टुटेको छ । साउथ इन्डियाका चर्चित जोडी समान्था र नागा चैतन्यबीचको सम्बन्ध तोडिएको हो । 

उनीहरुले सन् २०१७ मा हिन्दू र क्रिष्टियन गरी छुट्टाछुट्टै परम्पराअनुसार बिहे गरेका थिए । तर चार वर्षको वर्षगाँठ मनाउनु तीन दिनअघि नै उनीहरु टुट्टिए । 

त्यसपछि टुटेकी समान्थाले चैतन्यबाट प्राप्त हुने २ सय करोड भारु (तीन अर्ब २० करोड नेपाली रुपैयाँ) पनि त्यागिन् । 

२ अक्टुबरमा सम्बन्ध विच्छेद भएपछि गुजारा खर्च बापत चैतन्यले उनलाई २ सय करोड भारु अफर गरेका थिए । तर उक्त प्रस्तावलाई समान्थाले अस्वीकार गरिन् । 

यसअघि मिडिया रिपोर्टअनुसार उनलाई ५० लाख भारु मिल्ने बताइएको थियो । 

उनी आफू सक्षम भएको भन्दै कसैको सहयोगको जरुरत नभएको समान्थाले बताएकी छिन् । उनी यो सम्बन्ध विच्छेदले निकै नै दुःखी भएकी छिन् । 

उनी आफू जोडिएका कुनै पनि प्रोजेक्टमा निजी जीवनका कारण नोक्सानी नहोस् भन्ने चाहन्छिन् । उनी निकै मन पराइएकी नायिका पनि हुन् । 

उनी आफू पेशेवर भएको र यसलाई सधै कायम राख्ने पनि बताएकी छिन् । चैतन्यसँगको सम्बन्ध विच्छेद भएपछि उनले आफ्नो थर पनि बदलेर रुथ प्रभू राखेकी छिन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ