arrow

भैरहवाको सहज जित, काठमाडौंको दुई खेलपछि क्वालिफायर र ईलिमिनेटरको टुङ्गो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १८ सोमबार
EPL-CHT-BHR.jpg
तस्विर साभार: एभरेष्ट प्रिमियर लिग (फेसबुक)

काठमाडौं। चितवन टाइगर्सले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग क्रिकेटमा पहिलो हार ब्योहोरेको छ। भैरहवा ग्लाडिएटर्सले चितवनलाई ६ विकेटले पराजित गरेको छ। 

चितवन ५ खेलमा ४मा विजयी हुँदै अङ्क तालिकाको पहिलो स्थानमा रहेको छ भने भैरहवा ४ खेलमा २मा विजयी, १ टाई र १ खेल रद्द हुँदा ६ अङ्क सहित दोस्रो स्थानमा रहेको छ। काठमाडौंले २ खेल खेल्न बाँकी रहेको छ । काठमाडौंले भैरहवा र पोखरासँग खेले पछि क्वालिफायर र ईलिमिनेटरको स्थान निश्चित हुनेछ। 

पाँच खेल खेलेको ललितपुर ३ अङ्कसहित चौथो स्थानमा रहेको छ । यदि काठमाडौं दुवै खेलमा पराजित भएमा ललितपुरले क्वालिफायर खेल्न पाउने छ। ईलिमिनेटर र क्वालिफायरमा को-को पुग्छन् त्यो दुई खेलको नतिजामा भर पर्ने छ। काठमाडौंले आज पोखरासँग खेल्दै छ भने भोलि भैरहवासँग खेल्नेछ। 

भैरहवा र चितवनबीचको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो। चितवनका करिम जनतले ३५ रन बनाउँदा मोहम्मद शहजादले ३२ रन बनाएका थिए। भैरहवाका अविनाश बोहराले ३ र कुशल मल्लले २ विकेट लिएका थिए। 

भैरहवाले १ सय ६५ रनको लक्ष्य १७.५ ओभरमा ४ विकेटको नोक्सानीमा भेट्टाएको थियो। भैरहवाका प्रदीप ऐरीले ७२ र तमिम ईकबालले ४० रन बनाएका थिए। चितवनका करिम जनतले २ विकेट लिएका थिए। खेलका प्लेयर अफ दि म्याच प्रदीप ऐरी घोषित भए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ