- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई जोडिएको मुद्दामा १५ कार्तिकमा फैसला हुने भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरू जोडिएको मुद्दामा कारबाही अघि नबढाएपछि सर्वोच्चमा २०७६ माघमा रिट दायर भएको थियो । त्यसयता सो रिटको सुनुवाइ पटक पटक स्थगित हुँदै आएको थियो ।
सो रिट उपर सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइ भएको हो । सो संयुक्त इजलासले १५ कार्तिकका लागि फैसला तोकेको हो ।
भट्टराई र नेपाल प्रधानमन्त्री भएका बेला मन्त्रिपरिषद्ले काठमाडौँको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सार्ने निर्णय भएको थियो ।
तर मन्त्रिपरिषद्ले गरेको निर्णय नीतिगत भन्दै अख्तियारले पूर्व प्रधानमन्त्री नेपाल र भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन नमिल्ने निर्णय गरेको थियो ।
अख्तियारको सो निर्णय कानुन विपरीत भएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।