arrow

इसेवाको चाडपर्व लक्षित अफर, विभिन्न आकर्षक पुरस्कारका साथै बैङ्कमा निःशुल्क रकम ट्रान्स्फर गर्न सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १८ सोमबार
esewa-dashain-offer.jpg

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले नेपालीहरूको महान् चाड दसैँ र तिहारलाई लक्षित गर्दै विभिन्न किसिमका योजना सार्वजनिक गरेको छ। योजना अनुसार इसेवामार्फत घटस्थापना देखि १० दिनसम्म कुनै पनि बैङ्कमा निःशुल्क रकम ट्रान्स्फर गर्न सकिनेछ। यस्तै बम्पर उपहारमा रु सयमा स्कुटर योजनामा एक जना भाग्यशाली विजेताले स्कुटर जित्न सकिनेछ । स्कुटर नपाउने व्यक्तिको रकम टपअपद्धारा फिर्ता गरिनेछ।

यस्तै साप्ताहिक रूपमा एक जना भाग्यशाली विजेताले आकर्षक उपहार प्राप्त गर्नेछन्। सेण्ड मनि दसैँ क्याम्पेनमा ५ सय जनाले रु ५०० र सेण्ड मनि तिहार योजनामा पनि ५ सय जनाले नै रु ५ सय डिजिटल दक्षिणा प्राप्त गर्नेछन्। यस्तै फ्ल्यास् अफर अन्तरगत मोबाइल रिचार्ज मा १० प्रतिशत अथवा रु ५० सम्मको क्यासब्याक पाउन सकिनेछ। यो योजना ४ अक्टोबर देखि १३ अक्टोबरसम्म लागु हुनेछ । यस्तै एयरलाइन्स योजनामा दैनिक ३ जनाले रिटर्न टिकट प्राप्त गर्नेछन् भने एक जना भाग्यशाली विजेताले स्कुटर जित्न सक्नेछन् । यो योजना २८ सेप्टेम्बर देखि १२ अक्टोबरसम्म लागु हुनेछ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको सङ्ख्या करिब ५० लाख रहेको छ। यसै गरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसङ्ख्याले इसेवामार्फत सेवा लिइरहेका छन्। हाल इसेवाका देशभर करिब एक लाख ४० हजार  एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन्। हाल इसेवामा मर्चेन्टको सङ्ख्या तीन लाख नाघिसकेका छन्।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाई जहाज, बसको टिकट, स्कुल कलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ। इसेवामा हाल ५० वटा बैङ्क तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैङ्कबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैङ्क खातामा रकम पठाउन सकिन्छ।



नयाँ