arrow

अन्तिम लिग खेलमा काठमाडौं दबाबमा, भैरहवा पनि जितको खोजीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १८ सोमबार
EPL-BHR-KTM.jpg

काठमाडौं। बजाज पलसर एभरेष्ट प्रिमियर लिगको अन्तिम खेल अघि काठमाडौं किङ्ग्स ईलेवन दबाबमा रहेको छ। पोखरा राईनोजसँग डकवर्थ लेविस नियमका आधारमा पराजित भएपछि काठमाडौं दबाबमा परेको छ। 

अन्तिम लिग खेल भैरहवा ग्लाडियटर्ससँग खेल्न बाँकी रहँदा जित्नै पर्ने दबाबमा काठमाडौं रहेको छ। आज भएको दोस्रो खेलमा पानीले बाधा गरेपछि खेल डकवर्थ लेविस नियमले निर्णय भएको थियो। उक्त नतिजामा पोखरा १४ रनले विजयी भएको थियो। 

पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८२ रन बनाएको थियो। जवाफमा ब्याटिङ गर्न ओर्लेको पोखराले १५ ओभरमा ५ विकेटको क्षतिमा १ सय ४२ रन बनाउँदा पानी परेर खेल रोकिएको थियो। 

पोखरालाई जितका लागि ३० बलमा ४१ रन चाहिएको अवस्था पछि खेल हुन सकेन र पोखरा विजयी भयो। ३० बलमा ४१को खेल भएको भए नतिजा जता पनि जान सक्ने थियो तर पानीका अगाडि काठमाडौंको केही लागेन। 

अङ्क तालिकामा चितवन टाइगर्स ५ खेलमा ४ विजय र एक पराजय सहित ८ अङ्कका साथ पहिलो स्थानमा रहेको छ। त्यसैगरि पोखरा राईनोज ५ खेलमा ३ जित, १ टाई र १ हारले ७ अङ्कका साथ अङ्कतालिकाको दोस्रो स्थानमा रहेको छ। तेस्रो स्थानमा भैरहवा ग्लाडिएटर्स ४ खेलमा ६ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ भने ललितपुर प्याट्रियट्स ५ खेलमा तीन अङ्कका साथ चौथो स्थानमा रहेको छ। 

दुई अङ्कका साथ पाँचौँ स्थानमा रहेको काठमाडौंलाई प्ले अफमा जानका लागि अङ्कको आवश्यकता रहेको छ। राम्रो लयमा रहेको भैरहवालाई हराउन काठमाडौंले आफ्नो सम्पूर्ण शक्ति खर्च गर्नु पर्ने देखिन्छ। भैरहवा पनि जितका लागि खेल्नेछ। भैरहवा जितेमा अङ्क तालिकामा पहिलो स्थानमा पुग्नेछ। लिग चरणको अन्तिम खेल हुनुअघि भैरहवाको ेनट रनरेट सबैभन्दा राम्रो रहेको छ। 

प्रतियोगिताको नियम अनुसार प्लेअफमा पहिलो र दोस्रो स्थानमा रहेका टोलीले क्वालिफायर खेल्न पाउनेछन्। क्वालिफायरमा विजयी टोली सिधै फाइनल पुग्ने छ। पहिलो ईलिमिनेटरमा तेस्रो र चौथो टोलीबीच विजयी टोलीले क्वालिफायरमा पराजित टोलीसँग दोस्रो ईलिमिनेटर खेल्न पाउने छ । दोस्रो ईलिमिनेटरमा विजयी टोलीले फाइनलमा क्वालिफायरमा विजयी टोलीसँग प्रतिस्पर्धा गर्ने छ। 

अङ्क तालिकामा पहिलो र दोस्रो टोलीले फाइनल प्रवेशका लागि दुई मौका पाउने हुनाले पनि तेस्रो स्थानमा रहेको भैरहवा जितका लागि खेल्ने हुनाले लिगको अन्तिम खेल रोमाञ्चक हुने निश्चित रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ