arrow

लोकप्रिय बलिउड कलाकार नेपालमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १९ मंगलबार
anupam praniti boman.png

काठमाडौँ । उचाई नामक चलचित्रको छायाङ्कनका लागि लोकप्रिय बलिउड कलाकारहरू अनुपम खेर, बोमन इरानी एवं चर्चित अभिनेत्री परिणिती चोपडालगायत काठमाडौँमा छन् । उनीहरू सोमबार काठमाडौँ आइपुगेका हुन् ।

मोटिभेसनल स्पिकर एवं लेखकसमेत रहेका कलाकार अनुपम खेरले सोमबार नै त्रिभुवन विमानस्थलमा अवतरण गर्दाको भिडियो सार्वजनिक गरेका थिए । यस्तै उनले मङ्गलवार पशुपतिनाथ मन्दिरको दर्शनको गरेको भिडियो सार्वजनिक गरेका छन् ।

शताब्दिऔँ पुराना धार्मिक स्थलमा पूजा गर्न पाउँदा खुसी एवं गौरभाम्वित महसुस भएको उनले बताएका छन् । हिन्दुहरूको विशेष आस्थाका स्थलमध्येको एक पशुपतिनाथमा लोकप्रिय कलाकार अनुपम खेरले दर्शनपछिको भिडियो सामाजिक सञ्जाल ट्विटरमार्फत सार्वजनिक गरेका छन् ।

चलचित्र उचाइ काठमाडौँ, लुक्ला, लाङटाङ, मनाङ र मुस्ताङ लगायतका ठाउँमा छायाङ्कन हुने बताइएको छ । फिल्मका अन्य कलाकारहरू अमिताभ बच्चन र डेनी डेनजोङपा भने नेपाल आइपुगेका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ