arrow

काठमाडौं र भैरहवाले अङ्क बाँडे, इलिमिनेटरमा भिड्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज १९ मंगलबार
EPL-logo-jpg.jpg

काठमाडौं। काठमाडौ किंग्स एलेवन र भैरहवा ग्लाडिएटर्सबीचको लिग खेल पानीले रद्द भए पनि इलिमिनेटरमा दुई टोली भिड्ने भएका छन्। दुई टोलीले १-१ अङ्क प्राप्त गरेसँगै भैरहवा ५ खेलमा ७ अङ्कसहित तेस्रो र काठमाडौं ५ खेलमा तीन अङ्क सहित चौथो भएको हो।

बजाज पल्सर एभरेष्ट प्रिमियर लिगको अन्तिम खेल मैदान भिजेका कारण काठमाडौं र भैरहवाबीचको खेल रद्द भएको हो । दुवै टोलीले १‍-१ अंक बाँडेका छन्। 

रोबिन राउण्ड सकिएसँगै चितवन टाइगर्स ५ खेलमा ८ अङ्कसहित पहिलो र पोखरा राइनोज ५ खेलमा ७ अङ्कसहित दोस्रो  भएको हो। पहिलो र दोस्रो टोलीले क्वालिफायर खेल्नेछन्। क्वालिफायर विजेता फाइनल प्रवेश गर्ने छ भने पराजित टोलीले ईलिमिनेटरको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछ। 

५ खेलमा ७-७ अङ्क पाएको पोखरा र भैरहवामा बढी जितेको टोली माथि रहने नियम अनुसार पोखरा दोस्रो भएको हो। पोखराले ५ खेलमा तीन जितेको छ भने भैरहवाले २ खेल मात्र जितेको छ। 

त्यसैगरि ५ खेलमा ३ अङ्कसहित काठमाडौं चौथो हुँदा ललितपुर समान खेलमा ३ अङ्क हुँदा बाहिरिएको छ। जित पनि बराबरी रहेको अवस्थामा नेट रनरेट हेर्ने प्रतियोगिताको नियम रहेको छ। काठमाडौंको नेट रनरेट ०.३३७ र ललितपुरको -०.६०१ रहेको छ। 

भोलि क्वालिफायरका लागि चितवन र पोखरा भिड्नेछन् भने पहिलो ईलिमिनेटरका लागि भैरहवा र काठमाडौं भिड्नेछन्। दोस्रो ईलिमिनेटर बिहीबार हुनेछ भने शनिवार फाइनल खेल हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ