arrow

मोटरसाइकल चोरीमा संलग्न पक्राउ

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७८ असोज १९ मंगलबार
pakrau-jail.jpg

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले मोटरसाइकल चोरी कार्यमा संलग्नलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न क्षेत्रमा चोरीका घटना बढ्न थालेपछि प्रहरीले सक्रियता बढाए सँगै मोटर साइकल चोरीमा संलग्नलाई पक्राउ गर्न सफल भएको हो । 

वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरक्षक हरि प्रसाद पौडेलको कमाण्डमा खटिएको टोलीले मोटरसाइकल चोरी गर्ने ४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार मोटरसाइकल चोरीमा संलग्न रुपन्देही जिल्ला बुटवल महानगरपालिका १२ बस्ने ३४ वर्षीय विष्णुबहादुर नेपाली, बुटवल उपमहानगर ११ बस्ने २८ वर्षीय प्रकाश सार्की, भीरकोट नगरपालिका २ स्याङ्जा बस्ने २० वर्षीय विप्लव श्रेष्ठ र सोही नगर २० वर्षीय ज्ञानबहादुर गुरुङ पक्राउ परेका हुन् । 

उनीहरूले विभिन्न कम्पनीका ७ थान मोटरसाइकल र २ थान स्कुटर चोरी गरेका थिए । सबै सवारी साधन सहित उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ