arrow

बुद्ध केटाकेटी र आँप 

logo
बुद्ध,
प्रकाशित २०७८ असोज १९ मंगलबार
Buddha.advice2_.jpg

महात्मा गौतम बुद्ध एउटा बगैँचामा विश्राम गरिरहेका थिए। त्यत्ति नै बेला केटाकेटीहरूको समूह आए । रुखमा ढुङ्गा हाने र आँप झार्न थाले। 

एउटा पत्थरले बुद्धको टाउकोमा लाग्यो । रगत बग्न थाल्यो । बुद्धको आँखाबाट आँसु झर्‍यो। 

बुद्ध टाउकोबाट रगत बगेको देखेर बच्चाहरू डराए। उनीहरूलाई लाग्यो अब बुद्धले उनीहरूलाई गाली गर्नेछन् । बच्चाहरूले बुद्धको चरण समाते र माफी माग्न थाले।

 एउटा बच्चाले भने, 'हामीबाट ठुलो गल्ती भयो । मेरो कारण तपाईँलाई पत्थरले लाग्यो र तपाईँको आँखामा आँसु आयो।

बच्चाको कुरा सुनेर बुद्धले भने, 'बच्चाहरू, म दुखी छु किनकि तिमीहरूले आँपको रुखमा ढुङ्गाले हान्यौ रुखले त्यसको बदलामा मीठो फल दियो, तर मलाई डुङ्गाले हान्नाले मैले तिमिहरूलाई मात्र डर दिन सके।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ