ईपीएलको पहिलो क्वालिफायरमा चितवन र पोखरा मैदानमा, पोखरा ब्याटिङमा
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २० बुधबार
773
Shares
काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा अहिले पहिलो क्वालिफायरको खेल भइरहेको छ । टीयू क्रिकेट मैदानमा अहिले शीर्ष स्थानमा रहेर लिग सकाएको चितवन टाइगर्स र दोस्रो स्थानमा लिग सकाएको पोखरा राइनोजबीचको खेल भइरहेको छ ।
खेलमा टस जितेर चितवनले पहिले फिल्डिङ गरिरहेको छ । पोखराले आक्रामक ब्याटिङ गरिरहेको छ ।
यो खेल जित्ने टिम फाइनलमा पुग्नेछ । हार्ने टिमले दोस्रो क्वालिफायर खेल्न पाउने छ ।
प्लेअफमा पुगेका तेस्रो र चौथो टिम भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स–११ ले बुधबार दिउँसो १ः३० बजे इलिमिनेटर खेल्नेछन् ।
यो खेलको विजेताले बिहीबार पहिलो क्वालिफायरको पराजित टिमसँग दोस्रो क्वालिफायरमा खेल्नेछ ।
फाइनल खेल शनिबार हुने ईपीएलको विजेताले ५० लाख पाउने छ ।