arrow

टाइगरसँग राइनो निरीह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २० बुधबार
epl-chitwan-pokhara.jpg

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा अहिले पहिलो क्वालिफायरको खेल भइरहेको छ । टीयू क्रिकेट मैदानमा अहिले शीर्ष स्थानमा रहेर लिग सकाएको चितवन टाइगर्स र दोस्रो स्थानमा लिग सकाएको पोखरा राइनोजबीचको खेल भइरहेको छ । 

खेलमा टाइगर्ससँग रिनोज निरीह भएको छ । खेलमा टस जितेर चितवनले पहिले फिल्डिङ गर्दै कसिलो बलिङ गरेको छ । 

निरीह देखिएको राइनोजले १५ ओभर मात्र क्रिजमा टिकेर ६६ रन बनायो । रिचर्ड लेभीले १९ रन बनाएको इनिङ्समा तीन खेलाडीले मात्र दोहोरो स्कोर बनाए । 

सागर ढकालले १४ रन दिएर ४ विकेट लिए । उनले लिगमा १३ विकेट लिइसकेका छन् । त्यसैगरी शहाब आलमले १० रन खर्चेर ४ विकेट लिए । 

त्यस्तै सोमपाल कामी र करिम जनतले १–१ विकेट लिए । जवाफमा टाइगर्स जित नजिक पुगेको छ ।  

यो खेल जित्ने टिम फाइनलमा पुग्नेछ । हार्ने टिमले दोस्रो क्वालिफायर खेल्न पाउने छ । 

प्लेअफमा पुगेका तेस्रो र चौथो टिम भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स–११ ले बुधबार दिउँसो १ः३० बजे इलिमिनेटर खेल्नेछन् । 

यो खेलको विजेताले बिहीबार पहिलो क्वालिफायरको पराजित टिमसँग दोस्रो क्वालिफायरमा खेल्नेछ । 

फाइनल खेल शनिबार हुने ईपीएलको विजेताले ५० लाख पाउने छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ