arrow

बङ्गलादेशका राजदूतले भेटे परराष्ट्र मन्त्री खड्कालाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २० बुधबार
bangla desh narayan khadka.jpg

काठमाडौँ । बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीले परराष्ट्र मन्त्री डा. नारायण खड्कासँग भेट गरेका छन् । बुधवार मन्त्रालयमै राजदूत चौधरीले परराष्ट्र मन्त्री खड्कासँग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा पारस्परिक हितको मामिलामा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । यस्तै दुई देशहरू बिच सहयोग र साझेदारीको बिस्तारलाई केन्द्रित गर्दै विभिन्न विषयमा छलफल भएको समेत परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

आज मात्रै भारतीय राजदूत विनय मोहन क्वात्राले समेत परराष्ट्र मन्त्री खड्कासँग भेटघाट गरेका थिए । भेटका क्रममा भारतले अर्को साता कोभिसिल्ड खोप आपूर्ति गर्ने विषयमा छलफल भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ