arrow

सजिलो पे बन्यो नेपालकै पहिलो बहुभाषिक पेमेन्ट एप, ल्यायो पुरस्कारको योजना

logo
बबिता पकुवाल, 
प्रकाशित २०७८ असोज २१ बिहिबार
sajilo-pay-logo.jpg

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी ‘सजिलो पे’ ले नेपालीहरुको महान् पर्व बडादशैंको अवसरमा नेपालमै पहिलो पटक विभिन्न भाषामा आफ्नो एप बजारमा ल्याएको छ ।

राष्ट्रिय विविधता र संस्कृतिको सम्मान गर्दै राष्ट्रको सम्पूर्ण भाषामा आफ्नो एप सञ्चालनमा ल्याउने प्रयास स्वरुप सजिलो पे ले अहिले आठ वटा भाषामा एप सञ्चालनमा ल्याएको सजिलो पेले जनाएको हो । 

ती आठ भाषामा नेपाली, अंग्रेजी, मैथिली, थारु, तामाङ, नेवारी, मगर, गुरुङ्ग, राई, लिम्बु, शेर्पा र डोटेली भाषा हुन् । सजिलो पेले छिट्टै नै अन्य भाषाहरुमा पनि एप सञ्चालनमा ल्याउने तयारी गरेको जानकारी दिएको छ । 

सजिलो पेले हाल एप चलाउन नभै नहुने निर्देशन–अनुरोधलाई विभिन्न भाषामा राखेको छ। त्यसमा अझ धेरै काम गर्न बाँकी रहेको समेत जनाएको छ । 

नेपाली भाषामा एपमा प्रयोग गरिएको वाक्य तथा शब्दावली विवरण राखिएकामा एपलाई सम्पूर्ण भाषामा उपलब्ध गराउन, त्रुटिरहित बनाउन र जनसहभागीतालाई प्रोत्साहन गर्न निम्न विभिन्न योजना ल्याएको जनाएको छ । 

तीन योजनामा पुरस्कारको व्यवस्था  
सजिलो पे एपमा रहेको नेपाली र अंग्रेजी बाहेक अरु छ वटा भाषामा केही भाषिक त्रुटी हुन सक्ने कुरालाई मध्यनजर गरी सजिलो पे को प्रथम योजना अन्तर्गत विद्यमान भाषामा कुनै त्रुटि पत्ता लगाएर एपमै सच्याई पठाउने प्रयोगकर्ताहरुमध्ये गोला प्रथाद्घारा प्रत्येक भाषाका १ जना गरी कुल १० जनालाई दुई हजार पुरस्कार प्रदान गरिने सजिलो पेले जनाएको छ ।

दोस्रो योजना अन्तर्गत विद्यमान भाषामध्ये पनि कतिपय शब्द तथा वाक्य अझै सम्बन्धित भाषामा परिवर्तन गर्न बाँकी भएको अवस्थामा सो भाषामध्ये कुनै पनि एक वा एक भन्दा धेरै भाषा सम्पूर्ण रुपमा अनुवाद गर्ने प्रयोगकर्ताहरुमध्येबाट गोलाप्रथाद्घारा प्रत्येक भाषाका २ जना गरी कुल २० जनालाई चार हजार रुपैयाँ पुरस्कार प्रदान गरिने सजिलो पेले जनाएको छ ।

त्यसैगरी तेस्रो योजना अन्तर्गत एपमा रहेका विद्यमान भाषा बाहेक नेपालको अरु कुनै भाषामा एपमा रहेको वाक्य तथा शब्दावली अनुवाद गरेर पठाउनेमध्ये भाषिक शुद्धता र पहिलो प्राथमिकता क्रम अनुसार प्रत्येक भाषामा पहिलो ३ जनालाई सात हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने छ । यो योजनामा पनि विजेताहरु धेरै भएको खण्डमा गोला प्रथाद्धारा विजेता छनोट गरिने पनि सजिलो पेले जनाएको छ ।

यस कार्यबाट देशभरका सम्पूर्ण भाषा भाषीहरु लाभान्वित हुने अपेक्षा गरेको भन्दै सजिलो पेले कम्पनीको सम्पर्क नं. ०१–४४१२३८९ वा ईमेल ठेगाना support@sajilopay.com.np मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ