arrow

देश र जनताले भरोषा गरेको पार्टी नेपाली कांग्रेसमात्रै हो : मुख्यमन्त्री पोखरेल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २१ बिहिबार
krishna-chandra.jpg

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले देश, विदेश र जनताले भरोषा गरेको पार्टी नेपाली कांग्रेस मात्र भएको बताएका छन् ।

विजयादशमी लगायतका पर्वको अवसरमा नेपाली कांग्रेस पोखरा महानगर समितिद्धारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन् ।

उनले इतिहासदेखि वर्तमानसम्म मुलुकलाई संकट पर्दा कांग्रेसको काँधमा जिम्मेवारी आउने गरेको भन्दै अहिले पनि त्यस्तै अवस्था आएको बताए ।

उनले संघदेखि प्रदेशसम्म कांग्रेसको नेतृत्वमा सरकार बन्नु कांगेसको रहर नभई बाध्यता भएको बताए । उनले भने, ‘कम्युनिष्टको घर झगडाले, जनताको जनमत अपमान गरेकाले कांग्रेसले नचाहेर पनि नेतृत्व गर्नुपर्ने अवस्था सृजना भयो ।’

‘कांग्रेसले नबोली गणतन्त्र आएन, राजतन्त्र फालिएन’, मुख्यमन्त्री पोखरेलले भने, ‘कांग्रेसको नेतृत्वबिना मुलुकको समृद्धि हासिल हुन सक्दैन ।’ उनले पार्टीको १४औं महाधिवेशन र निर्वाचनका क्रममा भएका तितामीठा कुरालाई भुलेर पार्टीलाई एकढिक्का बनाएर अघि बढाउनुपर्ने खाँचो औंल्याए । 

उनले भने, ‘कांग्रेस लोकतान्त्रिक पद्धतिमा विश्वास गर्ने पार्टी हो । हामी नेता कार्यकर्ताले पनि यो पद्धतिलाई आत्मसाथ गर्न सक्नुपर्छ । निर्वाचनलाई हार जितलाई ठूलो विषय बनाइनु हुँदैन ।’

महाधिवेशनबाट नयाँ उत्साह र जोशका साथ आशन्न निर्वाचनमा सबै तहमा कांग्रेसका प्रतिनिधिलाई विजयी गराउनुपर्नेमा मुख्यमन्त्री पोखरेलले जोड दिए ।

पार्टी सभापति सुरेन्द्रमान विजुक्छेको सभापतित्वमा भएको कार्यक्रममा उपसभापति प्रयागराज भण्डारीले स्वागत र कार्यक्रम सञ्चालन सचिव टुवराज बाँस्तोलाले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ