-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । गत फागुनमा सरकारले भारतको सेरम इन्स्ट्युटसँग खरिद सम्झौता गरेको १० लाख डोज कोभिसिल्ड खोप शनिबार नेपाल आइपुग्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागका डा. उपेन्द्र ढुङ्गानाले भोलि साे खोप नेपाल आइपुग्ने जानकारी दिएका हुन् ।
सरकारले त्यतिबेला २० लाख डोज कोभिसिल्ड खोप खरिद गर्ने सम्झौतासहित भुक्तानी समेत गरिसकेकाे थियो ।
सम्झौता अनुरुपको १० लाख डोज खोप तत्कालै आएपनि १० लाख डोज खोप भने आउन सकेको थिएन ।
सोही खोप झण्डै ७ महिनापछि भोलि दिउँसो २ बजेतिर नेपाल आइपुग्ने भएको हो ।