arrow

नवनियुक्त १६ मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २२ शुक्रबार
cabenet-2078.jpg

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुलाई शपथ ग्रहण गराएकी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा शुक्रबार मन्त्रिपरिषद्  पुनर्गठन गरेकी हुन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच शुक्रबार राष्ट्रपति भण्डारीले नवनियुक्त १६ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । जसमा २ राज्यमन्त्री पनि छन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ