ड्रग्स लिएको स्वीकारे शाहरुख पुत्र आर्यन, भन्छन् ‘म चरेस पिउँछु’
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २३ शनिबार
468
Shares
तस्वीर–फाइल ।
काठमाडौं । बलिउडका बादशाह शाहरुख खानका छोरा आर्यनले लागुऔषध सेवन गर्ने गरेको बयान दिएका छन् । उनले बयानका क्रममा चरेस पिउने बताएका हुन् । उनले भने, ‘मैले चरेस पिउँछु ।’
क्रुजमा ड्रग्स पार्टी गरेको आरोपमा गिरफ्तार भएर जेलमा रहेका आर्यनले शुक्रबार ड्रग्स लिने गरेको बताएका हुन् । उनको शुक्रबारको जमानतमा छुट्न गरिएको निवेदन खारेज भएको छ ।
किला कोर्टमा गरिएको जमानतको अपील खारेज भएसँगै अब सेशन कोर्टमा अपील गर्ने आर्यनका वकिल सतीश मानशिन्देले बताएका छन् ।
आर्यन र अरबाज मर्चेन्टले एनसीबीको पुछताछका क्रममा ड्रग्स लिने गरेको कबुल गरेका हुन् ।
सोमबार आर्यनको जमानतलाई लिएर नयाँ रणनीति बनाउने वकिलले बताएका छन् ।