arrow

स्याङ्जाको वालिङमा जिप दुर्घटना, दुई जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २४ आइतबार
Syangja_District.png

स्याङ्जा । स्याङ्जाको वालिङमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । वालिङ बजारबाट गल्याङको पकवादीका लागि छुटेको ग१ज ४९१८ नम्बरको जिप वालिङ १० मदी खोलामा दुर्घटनामा परेको हो ।  

दुर्घटनामा अन्य १० जना घाइते भएका छन् ।  दुर्घटनामा परी मृत्यु हुनेमा गल्याङ नगरपालिका ९ का ३२ वर्षीय गंगी पल्ली र ७७ वर्षका दलबहादुर पल्ली रहेको वडा प्रहरी कार्यालय वालिङका प्रमुख एवं प्रहरी निरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए । 

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि गह्रौं प्राथमिक अस्पताल लगिएको छ ।  उकालोमा ब्रेक फेल भएर जिप झन्डै पाँच सय मिटर तल झरेको प्रहरीले जनाएको छ  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ