arrow

गण्डकीका सांसद दोबाटे विश्वकर्मा मन्त्री बन्दै, शपथ आजै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २५ सोमबार
gandaki-pradesh.JPG

पोखरा । गण्डकी प्रदेश सरकारमा मन्त्रीको संख्या थपिने भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सांसद दोबाटे विश्वकर्मालाई मन्त्री बनाउन लागेको बताइएको छ । दोवाटे तनहुँका हुन् ।

डोबाटेले पाउने मन्त्रालय भने निर्क्यौल भइसकेको छैन । उनलाई आजै सोमबार साँझ ५ बजे विना विभागीय मन्त्रीको हैसियतमा शपथ गराउने र पछि जिम्मेवारी तोकिने बताइन्छ ।

प्रदेशमा मन्त्रीपरिषद विस्तारकाक्रममा दोबाटेको नाम पनि मन्त्री बन्नेको लिस्टमा भए पनि अन्तिम समयमा काटिएको थियो । त्यसपछि सरकारको चर्को आलोचना भएको थियो ।

मुख्यमन्त्री पोखरेलले डोबाटेलाई फकाउन समितिको जिम्मा दिन तयार भएका थिए तर डोबाटेले त्यसलाई अस्वीकार गरेका थिए । 

६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा अहिले ११ मन्त्री छन् । कुल प्रदेशसभा सदस्यको २० प्रतिशत सांसदलाई मन्त्री बनाउन सकिने व्यवस्था संविधानमा छ । 

संविधान अनुसार गण्डकीमा १२ जना भन्दा बढी मन्त्री बनाउन मिल्दैन । 

श्रोतका अनुसार आइतबार पोखरा आएका प्रधानमन्त्री शेरबहादुर देउवाले मुख्यमन्त्री पोखरेललाई सके मन्त्री परिवर्तन गर्न र नसके मन्त्रीको संख्या थप गरेर भए पनि दोवाटेलाई मन्त्री बनाउन सुझाव दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ