arrow

इमानदार व्यक्तिका हातमा नेतृत्व आउनुपर्छ : रामचन्द्र पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २५ सोमबार
Ramchandra-Poudel.jpg
फाइल तस्विर।

चितवन। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निष्ठा र इमानदार व्यक्तिका हातमा नेतृत्व आउनुपर्ने बताएका छन् । कांग्रेस भरतपुर महानगरपालिका–१० ले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले पछिल्ला समय निष्ठाको राजनीति हराउँदै गएकामा चिन्ता व्यक्त गरे । 

उनले भने, “म सबै इमानदार साथी एक ठाउँमा उभिन आग्रह गर्दछु । जनताको मन जितेर राजनीति गर्नुपर्छ  । ” पार्टीको तलदेखि माथिसम्म निष्ठा र इमानदार व्यक्तिले नेतृत्व गरेर  नयाँस्वरुप दिनुपर्नेमा उनको जोड थियो । 

सो अवसरमा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पार्टीको निर्वाचनसँगै तीनै तहको निर्वाचन हुने भएकाले आन्तरिक निर्वाचनको प्रभाव नपर्ने गरी प्रतिस्पर्धामा उत्रनुपर्ने बताए । वडा सभापति गणेश गुरुङका अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका पूर्व सभापति, पदाधिकारीलगायत नेता कार्यकर्ताको उपस्थिति  थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ