arrow

स्याङ्जाको वालिङमा जिप दुर्घटना : ३ को मृत्यु, १७ घाइते

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७८ असोज २५ सोमबार
accident-waling.JPG

स्याङ्जा । स्याङ्जाको वालिङमा हिजो (आइतबार) साँझ भएको जिप दुर्घटनामा ४ वर्षीय बालक सहित ३ जनाको मृत्यु भएको छ भने १७ जना घाइते  भएका छन् । 

वालिङ बजारबाट गल्याङको पकवादीका लागि छुटेको ग १ ज ४९१८ नम्बरको जिप वालिङ १० मदिखोलामा दुर्घटना भएको हो । 

दुर्घटना परी गल्याङ ९ का  ३२ वर्षीय गंगी पल्ली, सोही ठाउँका ७७ वर्षका दल बहादुर पल्लीको घटनास्थलमा नै ज्यान गएको थियो भने गल्याङ १० का ४ वर्षीय करिष्मा थापाको पोखरा स्थित मणिपाल अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । 

दुर्घटनामा चालक सहित १७ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये १३ जनाको पोखरा स्थित मणिपाल अस्पतालमा उपचार भइरहेको छ भने अन्य ४ जना सामान्य उपचार पछि घर फर्केको प्रहरीले जनाएको छ । 

कच्ची सडक, रातको समय र क्षता भन्दा बढी यात्रु हुँदा जिप उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको अनुमान प्रहरीले लगाएको छ । 

झन्डै एक सय मिटर तल झरेको जिपमा १९ जना यात्रु सवार रहेको बताइएको छ । चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ