- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। नेपालका स्टार क्रिकेटर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले दिने 'महिनाको क्रिकेटर' उपाधि जितेका छन्। उनले सेप्टेम्बर महिनाको क्रिकेटरको उपाधि जितेका हुन्।
'आइसिसी क्रिकेटर अफ मन्थ' जित्ने क्रममा सन्दीपले बङ्गलादेशका स्पिनर नसुम अहमद र अमेरिकाका ब्याट्सम्यान जसकरण मलहोत्रालाई पछि पारेका थिए।
सन्दीपले सेप्टेम्बर महिनामा आइसिसी क्रिकेट वल्ड कप लिग २मा खेलेका ४ एक दिवसीय अन्तर्राष्ट्रिय र पपुवा न्यु गिनीसँग खेलेका २ खेलमा १८ विकेट लिएका थिए। उनले ७.३८ औसतले उक्त १८ विकेट लिएका थिए। उनले पपुवा न्यु गिनी विरुद्ध ११ रन खर्चिँदै ६ विकेट लिएका थिए। उनको उक्त प्रदर्शनले विश्वभर चर्चा पाएको थियो। उनले ओमान विरुद्ध १८ रन खर्चिँदै ४ विकेट लिएका थिए।
उनले पपुवा न्यु गिनी विरुद्ध खेलेका दुई खेल एक दिवसीय अन्तर्राष्ट्रिय थिए। त्यसैगरि बाँकी ४ खेल पनि एक दिवसीय अन्तर्राष्ट्रिय हुन् तर आइसिसी क्रिकेट वल्ड कप लिग २मा खेलेका थिए।
सन्दीपले अहिलेसम्म १६ एक दिवसीय अन्तर्राष्ट्रियमा ४१ विकेट लिइसकेका छन् भने टि-२० अन्तर्राष्ट्रियका २६ खेलमा ४७ विकेट हात पारेका छन्।