arrow

सुराकी आफै प्रहरी फन्दामा

आर्थिक लेनदेनका कारण लागुऔषध मुद्धामा फसाउने योजना

logo
प्रिमेश शिवाकोटी,
प्रकाशित २०७८ असोज २५ सोमबार
nepal-police12.jpg

रौतहट । चन्द्रनिगाहपुरमा लागुऔषध राखेर साथीलाई फसाउन खोज्ने आफै फसेका छन । मोटरसाईकलमा लागुऔषध राख्न लगाएर आफैंले प्रहरीलाई सुराकी दिएका गुजरा नगरपालिका ३ सिमरीका उमाशंकर तिवारी अहिले प्रहरी नियन्त्रणमा छन् । 

गत शुक्रबार साँझ एउटा फोन गरेर स्वयम् उमाशंकरले प्रहरीलाई सुराकी दिए अनुसार ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी लीलाराज लामिछानेको कमान्डमा टोली सुराकीले भनेको घरमा पुग्दा मोटरसाईकलमा राखिएको पोका फेला फार्न सफल हुन्छ । 

चन्द्रपुर-४ टेकान टोलस्थित डाक्टर अन्जुम तैयवको घरमा पार्किङ गरिराखेको ना १९ प ६४२४ नम्बरको मोटरसाइकलबाट लागूऔषध फेला पारेपछि प्रहरीले गुजरा-३ सिमरा टोलका २३ वर्षीय विजयशंकर तिवारी र कटहरिया-१ भसेडवाका ४२ वर्षीय रामलाल कुशवाहलाई पक्राउ पनि गर्‍यो।

पक्राउ परेका दुबै जना आश्चर्यमा पर्छन । मोटरसाइकल आफ्नै भएको तर लागुऔषध कसरी राखियो भन्ने कुरा उनिहरुलाई थाहै नभएपनि उनिहरु प्रहरी हिरासतमा पुग्छन । प्रहरीले मोटरसाइकलबाट प्रतिबन्धित लागूऔषध नाइट्रोपाम ट्याब्लेट १ सय २० वटा, नाइट्रोपाम आईपी निटाभेट १ सय ८० वटा र डाइजेपाम इन्जेक्सन बरामद गरेको थियो।

सुराकीले भनेअनुसार डीएसपी लामिछानेको टोलीले २ जनालाई पक्राउ त गर्न सफल भयो तर, 
आरोपितहरूसँग बयान लिएपछि भने यो लागुऔषध काण्ड अन्तै मोडियो अनि प्रहरीले फेरी नयाँ सिराबाट अनुसन्धान थाल्यो । 

राती १ बजेतिर प्रहरीले सुराकी दिने उमाशंकर तिवारीलाई पक्राउ गर्‍यो। बयानपछि उनले नै लागूऔषध राखिदिएर रामलाल र विजयशंकरलाई फसाउन खोजेको खुलेको डिएसपी लामिछानेले बताए । लामिछानेका अनुसार दुवै जना उमाशंकरलाई भेट्न चन्द्रनिगाहपुर आएका थिए। 

विजय र रामलाल खाजा खान बाहिर निस्केका बेला पार्किङमा राखिएको मोटरसाइकलमा लागूऔषध राखिएको थियो । उमाशंकरले ७० हजार दिएर स्थानीय नैनाकुमारी महतो मण्डलले लागूऔषध किनी राख्न लगाएको प्रहरीसमक्ष बयान दिएपछि घट्नाले नयाँ मोड लिएको थियो ।

पैसा दिएर लागुऔषध काण्डमा फसाउन खोजिएको रहेछ,डिएसपी लाकिछानेले भने,“त्यसपछि लागूऔषध राख्ने मुख्य योजनाकार उमाशंकरका साथै उनलाई सहयोग गर्ने स्थानीय पुनम उपाध्याय, पर्सा बहुदरमाई नगरपालिका-४ बहुअरीकी सुनिता यादवलाई पक्राउ गर्न सफल भयौं । ” 

विजयशंकर र रामलाललाई फसाउन खोजिएको थियो। उमाशंकर र रामलाल बिजनेस पार्टनर भएको र आर्थिक लेनदेनका कारण फसाउन खोजिएको रहेछ लामिछानेले बताए ।

पक्राउ परेकाहरूलाई आपराधिक षड्यन्त्र तथा लागूऔषध शीषर्कमा मुद्दा दर्ता गरिसकेको छ भने फसाउनका लागी पहिला पक्राउ गरेका विजय र रामलाललाई भने प्रहरीले छाडिसकेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ