arrow

मङ्गलवार सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ : राष्ट्रपति सरिक हुने

logo
रासस,
प्रकाशित २०७८ असोज २५ सोमबार
Fulpati.jpg

काठमाडौँ । नेपाली सेनाले परम्परागत रूपमा फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा मङ्गलवार फूलपाती बढाइँ गर्दैछ । 

राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलवार अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक हुनेछिन् ।  राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् । 

सो अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकट्ठा बढाइँ प्रस्तुत गर्नेछ । सैनिक हेलिकप्टरले पुष्पवृष्टिका साथै सैनिक ब्यान्डबाट राष्ट्रिय धुन प्रस्तुत हुनेछ ।

 त्यस अवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्च पाससहितको बढाइँ हुनेछ ।

कोभिड-१९ को सङ्क्रमण जोखिमका कारण विगत वर्षदेखि नै फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सानो र छरितो कार्यक्रम आयोजना गरिन लागेको हो । 

समारोहमा उपस्थित सबै पाहुनालाई मास्कको प्रयोग अनिवार्य गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ