arrow

असंलग्न राष्ट्रहरूको सम्मेलनमा परराष्ट्र मन्त्री खड्काले के भने ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २६ मंगलबार
Narayan-khadka-FB.jpg

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काले असंलग्न राष्ट्रहरुको सम्मेलन (नाम) को मूल्य, मान्यता र सिद्धान्तलाई नेपालले आफ्नो संविधान तथा परराष्ट्र नीतिमा समेत उल्लेख गरी परिपालन गरेको बताएका छन् । 

असंलग्न राष्ट्रहरुको सम्मेलन (नाम) को ६०औँ वार्षिकोत्सवका अवसरमा बेलग्रेडमा आयोजना गरिएको बैठकलाई नेपाली प्रतिनिधिमण्डलको नेताका रुपमा गए राति सम्बोधन गर्दै उनले नामको सिद्धान्त नेपालको परराष्ट्र नीतिको एक भाग रहेको बताएका छन् । 

मन्त्री डा खड्काले नामको ६० वर्षको इतिहासको स्मरण गर्दै भने, “हामीले नाम सम्मेलनलाई स्थापना गरेर अघि बढ्ने क्रममा र अहिले विश्वमा धेरै परिवर्तन भएको छ, ६० वर्षअघिको तुलनामा अहिलेको विश्व आधारभूत रुपमै धेरै जटिल बन्दै गएको छ ।”

नाम अभियानले विश्वमा स्वतन्त्रता, प्रजातन्त्र र न्यायको प्राप्तिमा उपलब्धि हासिल गरेको प्रसङ्ग उल्लेख गर्दै परराष्ट्रमन्त्री डा खड्काले तर पनि विश्वमा जातीय द्वन्द्व, देशभित्रै आन्तरिक द्वन्द्व, हिंसात्मक अतिवाद, आतङ्कवाद, जलवायु परिवर्तन, आर्थिक मन्दी, अर्थतन्त्रको जोखिमपूर्ण अवस्था, विश्वका देशहरु र नागरिकका बीचमा धनी र गरिबबीचको अन्तर र विश्वका धेरै देशहरुमा खाद्य सङ्कटजस्ता विषयमा समस्याहरु देखिएका बताए । 

यी चुनौतीका साथै भूराजनीतिक समस्याहरु पनि दिनप्रतिदिन बढ्दै गएको, आणविक अस्त्रहरुको आधुनिकीकरण र यसका कारण अस्त्रयुद्धको अवस्था देखिएको भन्दै शक्ति राष्ट्रहरुबीचको राजनीतिक द्वन्द्व पनि समस्याका रुपमा देखिएको सो सम्बोधनका क्रममा उनले बताए । 

यसका साथै पछिल्लो समयमा देखापरेको कोभिड-१९ को महामारी पनि विश्वमा मानव समुदायकै लागि एक प्रमुख चुनौतीका रुपमा देखिएको उनले बताए । यसले पनि विश्वमा खोपको पहुँच पुगेका र नपुगेका देशहरुका रुपमा संसारका देशलाई दुई भागमा विभाजन गरिदिएको उनको भनाइ  थियो ।  

त्यसैगरी जलवायु परिवर्तन पनि मानवजातिकै एक प्रमुख चुनौतीका रुपमा देखिएको र यसले मानव जातिलाई असर पार्न थालिसकेको मन्त्री खड्काले उल्लेख गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ