arrow

गोरखाबाट ल्याइएको फूलपाती हनुमान ढोका भित्राइयो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २६ मंगलबार
fulpati-hanumandhoka.JPG

काठमाडौँ । नेपाली सेनाले गोरखाबाट ल्याएको फूलपाती हनुमान ढोका दरबारको दसैँ घरमा भित्राएको छ । 

आजै आज बिहान ८:२५ को साइतमा गोरखा दरवारबाट निकालिएको फूलपाती धादिङको जीवनपुरबाट रामकोट, स्वयम्भू हुँदै जमलसम्म ल्याइएको फूलपाती शार्दुलजंग गुल्म र गुर्जुको पल्टनले बुझेपछि चार बजे जमलबाट हनुमान ढोकामा रहेको दशैंघरमा पुर्‍याएर भित्राइएको हो ।
 
फूलपातीमा अशोक, बेल, दारिम, सामा, धान, उखु, केरा, जयन्तीका र हलेदो गरी नौ प्रकारका फूलपाती रहन्छ । 

पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामा विजय प्राप्त गरेपछि सुरु भएको यो परम्परालाई दरबार अड्डा र नेपाली सेनाले निरन्तरता दिँदै आइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ