arrow

चीप अभावका कारण एप्पलको 'आइफोन १३' उत्पादन लाखौँले घट्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २७ बुधबार
apple.png
काठमाडौँ । विश्वव्यापी आपूर्ति शृङ्खला सङ्कट र चीपको अभावका कारण एप्पल कम्पनीले लाखौँ सङ्ख्यामा आइफोन उत्पादन गर्न नसक्ने देखिएको छ । कम्पनीले यस वर्षकाे नयाँ मोडेल 'आइफोन १३' को झन्डै ९ करोड युनिट उत्पादन गर्ने बताएको थियो ।
 
यद्यपि, चीप अभावकै कारण यो सङ्ख्या १ करोडले घट्न सक्ने अनुमान गरेको छ । ह्वाइट हाउसले समेत आपूर्ति शृङ्खला सङ्कटका कारण अङ्ग्रेजी नयाँ वर्ष क्रिसमसमा धेरै मानिसहरूले धेरै सामान नपाउन सक्ने चेतावनी दिएको छ । 
 
चीप अभावकै कारण एप्पलको उत्पादनमा कमी आउने एवं ह्वाइट हाउसको चेतावनीसँगै एप्पलको सेयरको मूल्यमा समेत गिरावट आएको छ । कोरोना भाइरसको महामारीका कारण चीप उत्पादनमा कमी र अहिले अचानक माग बढ्न थाल्दा चीपको माग बढेको छ ।
 
खास गरी यसै कारणले विश्वव्यापी चीप अभाव बढ्दो छ । चीप अभावकै कारण विद्युतीय कार निर्माता कम्पनीहरूले समेत कयौँ कार उत्पादनमा कमी हुने चेतावनी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ