arrow

आईपीएलको फाइनलमा चेन्नई–कोलकाता भिड्दै, धोनीको अन्तिम कप्तानी ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २९ शुक्रबार
dhoni-chennai-ipl-2021.JPG
तस्वीर–फाइल ।

काठमाडौं । यूएईमा भइरहेको आईपीएल टी–२० क्रिकेटको फाइनल खेल आज हुँदैछ । दुबईमा हुने फाइनलमा चेन्नई सुपर किङ्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । 

खेल बेलुकी ७ः४५ बजे शुरु हुनेछ । महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई चौथो उपाधि नजिक रहेको छ । अहिलेसम्म मुम्बई इन्डियन्सले मात्र चार पटक उपाधि जितेको छ । मुम्बई यसपालि लिग चरणबाटै बाहिरिएको थियो । 

धोनीले कप्तानी गरिरहँदा यो नै अन्तिम कप्तानी हो कि भन्ने आशंका पनि बढेको छ । चेन्नईले पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई हराएको थियो । दिल्ली दोस्रो क्वालिफायरमा कोलकातासँग पराजित भएको थियो । 

इलिमिनेटर खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बैंगलोरलाई हराएर क्वालिफायर खेल्न पाएको थियो । बैंगलोर कप्तान एवं भारतीय टिमका कप्तान विराट कोहलीले टिमका लागि अन्तिम कप्तानी गरेका छन् । 

इयान मोर्गनको कप्तानीमा रहेको कोलकाता तेस्रो उपाधि नजिक छ । 

चेन्नई कोलकाता भिडन्त
कोलकातामाथि भेन्नई हावी हुँदै आएको छ । जारी लिगका दुवै खेलमा चेन्नई विजयी भएको थियो । गत अप्रिलमा भएको पहिलो लेगको खेलमा चेन्नई १८ रनले विजयी हुँदा सेप्टेम्बर २६ मा भएको दोस्रो लेग खेलमा चेन्नई २ विकेटले विजयी भएको थियो ।
 



नयाँ