- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतीय क्रिकेट टिमले नयाँ प्रशिक्षक पाउने भएको छ । टी–२० विश्वकपछि भारतीय टिमको प्रशिक्षण राहुल द्रविडले गर्ने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्डका अध्यक्ष सौरभ गांगुलीसँगै सचिव जय शाह र द्रविडबीच दुबईमा शुक्रबार भएको बैठकपछि द्रविडले सन् २०२३ को विश्वकपसम्म प्रशिक्षकको भूमिका निभाउने भएका छन् । द्रविडसँगै पारस म्हाम्ब्रेलाई बलिङ प्रशिक्षक बनाइएको छ ।
द्रविड राष्ट्रिय क्रिकेट एकेडेमी एनसीएका अध्यक्ष हुन् । उनी भारतीय टिमको मूख्य प्रशिक्षक भएसँगै एनसीएबाट राजीनामा दिनेछन् । म्हाम्ब्रेले लामो समयदेखि द्रविडसँगै काम गरिरहेका छन् ।
म्हाम्ब्रेले भरत अरुणको स्थानमा काम गर्नेछन् । फिल्डिङ प्रशिक्षक आर श्रीधरलाई परिवर्तन गर्ने बारेमा बीसीसीआईले केही भनेको छैन । विक्रम राठोर टीमका ब्याटिङ प्रशिक्षक रहिरहने छन् ।
टी–२० विश्वकपपछि वर्तमान मूख्य प्रशिक्षक रवि शास्त्रीसँगै अरुण र श्रीधरको कार्यकाल सकिँदैछ । शास्त्री सन् २०१७ देखि भारतीय टीमका मूख्य प्रशिक्षक छन् ।