arrow

स्याङ्जाका सिडिओ नेपाल मन्त्रालयमा, पौडेल आउने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १ सोमबार
deepaknepal.jpg

पोखरा । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको सरुवा भएको छ । उनी गृह मन्त्रालयमा तानिएका हुन् ।

नेपालको स्थानमा स्याङ्जाको सिडिओमा उपसचिव राजुप्रसाद पौडेललाई पठाइएको छ । 

गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गर्ने क्रममा स्याङ्जाका सिडिओ पनि सरुवा गरिएको हो । 

आइतबार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्री स्तरीय निर्णयबाट सिडिओसहित केही कर्मचारीको सरुवा गरेको बताइएको छ । 

मन्त्रालयका अनुसार गृहका सहसचिव किरण थापालाई कैलालीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ। कैलाली सिडिओ खगेन्द्र रिजाललाई मन्त्रालयमा तानिएको छ । 

यस्तै, गृहका सहसचिव जगन्नाथ पन्त पाल्पा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत वेदनिधि खनाललाई सिन्धुपाल्चोकको सिडिओ तोकिएको छ ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकाल विपद् जोखिम प्राधिकरणमा तानिएका छन् । उनको स्थानमा कारागार व्यवस्थापन विभागका निर्देशक वेदनिधि अधिकारीलाई पठाउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ । 

यसै गरी मुस्ताङका सिडिओ श्रीनाथ पौडेलको स्थानमा उपसचिव नेत्र शर्मालाई पठाइएको छ । पौडेललाई रोल्पा सिडिओको जिम्मेवारी दिइएको छ ।

अर्घाखाँचीका सिडिओ विष्णु पौडेल मन्त्रालयमा तानिएका छन्। उनको स्थानमा गृहका सहसचिव हरिप्रसाद घिमिरेलाई जिम्मेवारी दिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ