arrow

हिन्दू समुदायको रक्षार्थ राष्ट्रिय एकता अभियानबाट बंगलादेशी प्रधानमन्त्रीलाई ज्ञापन पत्र

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ३ बुधबार
rastriya-ekata-abhiyan-gyap.jpg

काठमाडौं । राष्ट्रिय एकता अभियानले बंगलादेशमा मन्दिर तथा हिन्दू आराध्य देवी देवताको प्रतिमा तोडफोड भएको घटनाको निन्दा गरेको छ । त्यसैगरी अभियानले बंगलादेशको सरकारसँग जिहादी आक्रमणकारीहरुविरुद्ध कठोर कदम चाल्न माग गरेको छ ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना समक्ष अभियानले नेपालस्थित बंगलादेशी राजदूतावासमार्फत ज्ञापन पत्र बुझाउँदै बंगलादेशमा रहेका हिन्दू समुदायको सुरक्षाको माग गरेको छ । अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको नेतृत्वको टोलीले नेपालका लागि बंगलादेशी राजदूत सालाउदिन रमन चौधरीमार्फत प्रधानमन्त्री हसिना समक्ष ज्ञापन पत्र बुझाएको हो ।

बुझाइएको ज्ञापन पत्रमा लेखिएको छ, ‘बंगलादेशमा भएको सो घटनाले नेपालको सम्पूर्ण हिन्दू समुदायलाई चोट पुर्‍याएको छ । बंगलादेशमा हिन्दू जनसंख्या र पूजास्थलहरुमा संगठित भीडको हमलाको खबरबाट हामीलाई गहिरो आघात पुगेको छ ।’

बंगलादेशमा हिंसा फैलिएपछि बुधबारदेखि कम्तीमा ६ जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको पुष्टि भएको छ । कम्तीमा १७ हिन्दू मन्दिरहरुमा हमला भएको छ । त्यहाँका मूर्तिहरु तोडफोड भएको छ ।

राजधानी ढाकामा सयौं मानिसहरुले विरोध प्रदर्शन गरेका छन् । देशमा चलेको धार्मिक हिंसा अन्त्यको माग गर्दै उनीहरु विरोधमा उत्रेका हुन् ।

सामाजिक सञ्जालमा इस्लामको पवित्र पुस्तक कुरान हिन्दू मन्दिरको तल राखिएको तस्बिर भाइरल भएलगत्तै दङ्गा भड्किएको थियो । 

बंगलादेशका गृहमन्त्री असदुज्जमान खानले साम्प्रदायिक सद्भाव भंग गर्ने उद्देश्यले आक्रमण भएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ