देशैभर मनसुनको असर, छ प्रदेशमा वर्षा जारी, केही पहाडी र तराई भूभागका स्थानमा भारी वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८३ असार २५ बिहिबार
279
Shares
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भूभागतर्फ सरदर स्थानको आसपास अवस्थित छ ।
देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भैरहेको छ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेश प्रदेश साथै बागमती र गण्डकी प्रदेशको तराई भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना छ ।
आज राति देशभर अधिकांश बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभगको केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
मधेस प्रदेश साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा स्थानमा, कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
मधेश प्रदेश साथै कोशी, बागमती र गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।मधेश प्रदेश साथै लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको सम्भावना छ ।