arrow

केही दिनमै फेसबुकको नाम परिवर्तन हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ३ बुधबार
facebook-mark-zuckerberg-0069.jpg

काठमाडौँ । फेसबुकको नाम परिवर्तन हुने भएको छ । कम्पनीका सीईओ मार्क जुकरबर्गले आउँदो २८ तारिखमा फेसबुकको नाम परिवर्तनबारे छलफल गर्ने भएका छन् ।

अमेरिकी टेक्नोलोजी ब्लग दि भर्जका अनुसार २८ अक्टोबरमा फेसबुकको वार्षिक कार्यक्रम ‘कनेक्ट कन्फ्रेन्स’मा कम्पनीको नाम परिवर्तनबारे कुरा हुनेछ । यद्यपि त्यसअघि नै नाम सार्वजनिक भइसक्ने अनुमान समेत गरिएको छ।

अहिले फेसबुक ईंक अन्तर्गत नै फेसबुक, ह्वाट्सएप, इन्स्टाग्राम लगायतका कम्पनीहरू रहेका छन् । यी सबै कम्पनीहरूलाई समेट्ने गरी एउटा अर्को कम्पनी फेसबुकले स्थापना गर्न सक्ने अनुमान गरिएको छ ।

सिलिकन भ्यालीका प्रविधि कम्पनीहरूको वृहत् विस्तार भएपछि नाम परिवर्तन हुनु भने नयाँ कुरा हैन । यसअघि सन् २०१५ मा गुगलले पनि अल्फाबेट कम्पनी खडा गर्दा युट्युब, गुगललगायतलाई त्यसै कम्पनी अन्तर्गत राखेको थियो ।

पछिल्लो समय अमेरिकी सरकारबाट चर्को दबाब झेलिरहेका बेला फेसबुकले यस्तो निर्णय अघि सारेको हो । यस्तै फेसबुकको रिब्राण्ड गर्ने विषयले तथाकथित मेटाभर्स निर्माण गर्ने फेसबुकको प्राथमिकतालाई समेत प्रतिबिम्बित गरेको छ । 

फेसबुकले मेटाभर्स अर्थात् भीआर उपकरणको प्रयोग हुने एक अनलाइन दुनियाँमा अर्बौँ लगानी गर्दै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ