arrow

दक्षिण कोरियाले प्रक्षेपण गर्‍यो आफ्नै 'नुरी' रकेट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ४ बिहिबार
south korea.jpg

काठमाडौँ । दक्षिण कोरियाले आफ्नै देशमा उत्पादित पहिलो रकेट प्रक्षेपण गरेको छ । सियोल भन्दा ५०० किलोमिटर दक्षिणमा रहेको गोहंगबाट नुरी नाम दिइएको दक्षिण कोरियाको लञ्च भेहिकलको प्रक्षेपण गरिएको हो ।

राष्ट्रपति मुन जाइ इनले रकेटले उडानको चरण सफल पारेको तर, अन्तरिक्षमा रकेट राख्न भने नसकेको बताएका छन् । यस्ता प्रक्षेपणहरू अन्तरिक्ष कार्यक्रमका साथ साथै सैन्य गतिविधिहरूमा समेत प्रयोग हुन्छ ।

दक्षिण कोरियाले अहिलेसम्म आफ्नै रकेटबाट सफल अन्तरिक्ष प्रक्षेपण गर्न सकेको छैन । यस पटक पनि झन्डै १ बिलियन अमेरिकी डलर लगानी गरिएको रकेटले अन्तरिक्षमा स्याटलाइट राख्न भने सकेन ।

राष्ट्रपति इनले यो प्रक्षेपणले लक्ष्य हासिल नगरे पनि अब, चाँडै नै सफल प्रक्षेपण गर्ने बताएका छन् । कोरिया एयरोस्पेस रिसर्च इन्स्टिच्युट (केएआरआई)ले नुरीले सन् २०२७ सम्म थप चार प्रक्षेपण गर्ने बताएको छ ।

प्रविधिको हबका रूपमा रहेको दक्षिण कोरिया अन्तरिक्ष अन्वेषणका क्षेत्रमा भने पछाडि रहेको छ । यसअघि दक्षिण कोरियाले सन् २००९ र सन् २०१० मा गरेका परीक्षण समेत असफल भएका थिए । 

दक्षिण कोरियाले सन् २०३० सम्म चन्द्रमामा प्रोब पठाउने लक्ष्य राखेको छ । उत्तर कोरियाले भने सन् २०१२ मा आफ्नो रकेट अन्तरिक्षमा पठाइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ