- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । अमेरिकी फार्मास्युटिकल कम्पनी फाइजरले उत्पादन गरेको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको १ लाख डोज खोप सोमबार नेपाल आइपुग्ने भएको छ । कोभ्याक्स सुविधा मार्फत उक्त खोप नेपाल भित्रिन लागेको हो ।
यो खोप १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिएका छन् ।
'सोमबार खोप नेपाल भित्रिन लागेको र कात्तिक २८ गतेबाट लगाउन सुरु गरिने' खोप शाखा प्रमुख दाहालले हाम्रा कुरालाई बताए ।
क्यान्सर, मुटु, मधुमेह, दम, एचआइभी लगायतका रोग एवं रोग प्रतिरोधात्मक क्षमता कम भएका १२ वर्षमाथिका नागरिकलाई यो खोप लगाइने भएको हो ।
खोप शाखा प्रमुख दाहालका अनुसार विशेषज्ञ सेवा रहेका देशभरका विभिन्न २४ वटा सरकारी अस्पतालमा खोप लगाइने छ।
काठमाडौँ उपत्यकाभित्र ९ वटा र उपत्यकाबाहिर १५ वटा अस्पतालबाट सातै प्रदेशमा कात्तिक २८ गतेबाट खोप लगाइने भएको हो ।
फाइजर खोप माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्छ । विभिन्न अध्ययनले यो खोप कोभिड१९विरुद्ध ९० प्रतिशत भन्दा बढी प्रभावकारी रहेको देखाएको छ ।
फाइजर खोपको बुस्टर सुट अर्थात् तेस्रो डोज समेत लगाउन थालिएको छ । तेस्रो डोज लगाउँदा खोपको प्रभावकारिता ९५.६ प्रतिशत देखिएको कम्पनीले जनाएको छ ।