arrow

कोरोना संक्रमणबाट पोखरामा एक महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ५ शुक्रबार
corona-variant.jpg

पोखरा । कोरोना भाइरस संक्रमणबाट पोखरामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १३ की ७९ वर्षीय महिला रहेकी छन् ।

कात्तिक १ गते कोरोना पुष्टि भएकी ती महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

योसहित पोखरामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६०९ जना पुगेको छ । कास्कीमा अझै पनि २३२ जना सक्रिय संक्रमित रहेका छन् । 
कास्कीमा पछिल्लो २४ घण्टामा २९ जना संक्रमित भेटिएका छन् । 

स्वास्थ्य निर्देशनालयअनुसार आज मात्रै स्याङ्जा ६, बागलुङ ३, तनहुँ ७, गोरखा ३, पर्वत १ र म्याग्दी १ जना सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका ६४ जना निको भएर घर फर्किएका छन् । त्यस्तै,२८८ जना होम आइसोलेसनमा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ