arrow

फरक मत राख्दै उपाध्यक्ष रावलद्वारा कार्यदलको संयोजकबाट राजीनामा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ कार्तिक ५ शुक्रबार
Bhim-rawal.gif.gif
फाइल तस्बिर

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष नेता भीम रावलले पाँच पृष्ठ लामो फरक मत राख्दै १० बुँदे कार्यान्वयन गर्न बनेको कार्यदलको संयोजकबाट राजीनामा दिने भएका छन्। उनले शुक्रवार ललितपुरको च्यासलस्थित बसेको एमालेको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सो घोषणा गरेका हुन्। उनले बैठकमा राजीनामाको घोषणा गरेको र लिखित राजीनामा भोलि पेस गर्ने बताएका छन्। बैठकमा आफूले पाँच पृष्ठ लामो फरक मत दर्जन गरेको समेत उनले बताए।

‘केन्द्रीय कमिटीमा १० प्रतिशत थप्नका लागि कार्यदलले गृहकार्य गर्ने निर्णय भएको थियो, तर त्यसमा कुनै छलफल नगरी दुई जना केन्द्रीय कमिटीका सदस्य प्रभु साहसँग कुराकानी भएको हुनाले राख्नुपर्छ भन्ने कुरा आयो, त्यो कुनै विधि पद्धति निर्णयसम्मत भएन भनेर त्यसप्रति पनि असहमति छ,’ रावलले भने।

पार्टी अध्यक्ष केपी शर्मा ओलीबाटै १० बुँदे सहमति कार्यान्वयन नगर्ने दिशाबाट कुरा राखेको भन्दै उनले असहमति जनाएका हुन्। बुधवार एमाले अध्यक्ष ओलीले १० बुँदेको एक तारे नबझाउन चेतावनी दिएका थिए।

उनले १० बुँदे सहमति माधव नेपालका लागि मात्रै गरिएको तर उनी पार्टीबाट बाहिरिएकाले यसको सन्दर्भ समेत सकिएको बताएपछि रावलले त्यसको काउन्टर जवाफमा ११ तारे बिगुल भएको बताएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ