arrow

टी–२० विश्वकपमा वेष्ट इन्डिजको खल्लो शुरूआत, इङ्गल्याण्ड हावी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ७ आइतबार
t20-world-cup-england-2021.jpg

काठमाडौं । यूएई र ओमानको संयुक्त आयोजनामा भइरहेको आईसीसी टी–२० विश्वकप क्रिकेटमा इङ्गल्याण्डले विजयी शुरूआत गरेको छ । यूएईको दुबईमा शनिबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन वेष्ट इन्डिजलाई ६ विकेटले पराजित गर्दै इङ्गल्याण्डले सुखद शुरूआत गरेको हो ।

५६ रनको झिनो विजयी लक्ष्य इङ्गल्याण्डले ८.२ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो । इङ्गल्याण्डको जितमा जोस बट्लरले नटआउट २४ रन बनाए । वेस्ट इन्डिजका अकिल होसेनले २ तथा रवि रामपालले १ विकेट लिए ।

वेष्ट इन्डिजको इनिङ्स
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले १४.२ ओभरमा अलआउट हुँदै ५५ रन मात्रै बनाउन सक्यो । लज्जास्पद ब्याटिङ गरेको वेष्ट इन्डिजका लागि क्रिस गेलले १३ बलमा १३ रन जोडे ।

गेल बाहेक कसैले पनि दोहोरो स्कोर खडा गर्न सकेनन् । दुई खेलाडी ० नै आउट भए । 

अदिल रशिदले २.२ ओभरमा २ रन खर्चेर ४ विकेट लिए । उनको यो करियरकै उत्कृष्ट प्रदर्शन हो । थोरै रन दिएर धेरै विकेट लिन सफल भए । 

मोइन अली र टेमल मिल्सले २–२ विकेट लिए । क्रिस वोक्स र क्रिस जोर्डनले १–१ विकेट लिए ।

टी–२० विश्वकपमा इङ्गल्याण्डले वेष्ट इन्डिजलाई पहिलो पटक हराएको हो । 

अंक तालिका
यो जितसँगै इङ्गल्याण्ड सुपर १२ को समूह १ को शीर्ष स्थानमा रहेको छ । इङ्गल्याण्डको २ अंक छ । पहिलो खेलमा दक्षिण अफ्रिकालाई हराएको अष्ट्रेलियाको पनि २ अंक नै छ । अष्ट्रेलिया समान अंकबाटै दोस्रो स्थानमा छ । 

यो समूहमा ६ टिम छन् । जसमा बाँकी रहेका दुई टिम पहिलो चरणबाट आएका हुन् । जसमा बंगलादेश र श्रीलंका रहेका छन् । 

अर्को समूहमा भारत, पाकिस्तान, अफगानिस्तान, न्यूजिल्याण्ड, स्कटल्याण्ड र नामिबिया रहेका छन् । 

इंग्ल्यान्ड समूहको शीर्ष स्थानाम रहेको छ ।

वेस्ट इन्डिजले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।



नयाँ