arrow

काठमाडौँमा कात्तिक ९ गतेदेखि एस्ट्राजेनेकाको दोस्रो डोज लगाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ८ सोमबार
Covid-vaccine-corona.jpg

काठमाडौँ । काठमाडौँ जिल्लामा कात्तिक ९ गतेदेखि कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो डोज लगाइने भएको छ ।

एस्ट्राजेनेका खोपको पहिलो डोज लगाएका १८ वर्षमाथिका सम्पूर्ण नागरिकहरूलाई ८ वटा स्थानीय तहका खोप केन्द्रमार्फत दोस्रो डोज खोप लगाइने भएको हो ।

सोमबार  जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले सूचना जारी कात्तिक ९ गतेदेखि तीन दिन खोप कार्यक्रम सञ्चालन गरिने जानकारी दिएको छ । 

स्वास्थ्य कार्यालयका अनुसार काठमाडौँ महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकाका खोप केन्द्रबाट एस्ट्राजेनेका दोस्रो डोज लगाइने छ ।

यस्तै काठमाडौँ महानगरपालिकामा महाराजगन्जस्थित नेपाल प्रहरी अस्पताल, छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, रत्नपार्कस्थित वीर अस्पताल, थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालबाट पनि खोप लगाउन सकिने छ । यद्यपि

एस्ट्राजेनेकाको दोस्रो डोज खोप लगाउन खोप कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट अथवा फोटो लगेर खोप केन्द्रमा जानु पर्नेछ ।

हेर्नुहोस् सूचना:



नयाँ