arrow

आईपीएलमा १० टिम, थपिए लखनउ र अहमदाबाद

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ९ मंगलबार
bcci-saurav-ganguly.jpg

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा अब १० टिमबीच भिडन्त हुने भएको छ । अहिलेसम्म ८ टिमले भाग लिएकामा अब १० टिम हुनेछन् । 

भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले सोमबार दुई दुई फ्रेन्चाईज टिम थप्दै आगामी आईपीएल १० टिमले खेल्ने बताएको हो । नयाँ टिममा लखनउ र अहमदाबाद थपिएको  बीसीसीआईले जनाएको छ ।

लखनउलाई सन्जिब गोयन्का ग्रुपले ७ हजार ९० करोड भारुमा किनेको हो । त्यस्तै अहमदाबादलाई सीभीसी क्यापिटल्स पार्टनरले ५ हजार ६२५ करोड भारुमा किनेको हो  ।

योसँगै खेल संख्या पनि बढ्ने छन् । थप खेलाडीले अवसर पाउने छन् । अर्थात् विश्वकै सर्वाधिक महङ्गो र चर्चित फ्रेन्चाइज क्रिकेट अझ व्यवसायीक भएको छ । 

सन् २००८ देखि शुरु भएको आईपीएलमा मुम्बई इन्डियन्सले पाँच पटक, चेन्नई सुपर किङ्सले चार पटक, कोलकाता नाइट राइडर्सले दुई पटक तथा राजस्थान रोयल्स, डेक्कन चार्जर्स र सनराइजर्स हैदराबादले एक एक पटक उपाधि जितेका छन् । 



नयाँ