arrow

पोखराका राजु इनारमा मृत भेटिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १० बुधबार
Pokhara_Lekhnath_Mahanagarpalika.png

पोखरा । पोखरामा एक युवक इनारमा मृत अवस्थामा भेटिएका छन् । पोखरा महानगरपालिका वडा नं. ३१ बेगनास बसपार्कस्थित पानीको ईनारमा उनी मृत भेटिएका हुन् ।

कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. ३ भदौरे देउरालीका २३ वर्षका राजु लामिछाने मृत अवस्थामा भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । 

उनको मृत्युको कारण खुल्न सकेको छैन । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ