arrow

चीनबाट आइपुग्यो थप १० लाख डोज भेरोसेल खोप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १० बुधबार
corona-cirus-vaccine.jpg

काठमाडौँ । बुधवार चीनबाट १० लाख डोज भेरोसेल खोप काठमाडौँ ल्याइएको छ । कोरोना भाइरस(कोभिड-१९) विरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको खोप शाखाका प्रमुख डा. सागर दाहालले हाम्रा कुरलाई जानकारी दिएका हुन् ।

सरकारले पछिल्लो पटक चीनबाट ५९ लाख डोज भेरोसेल खोप खरिद गर्ने सम्झौता गरेको छ । सोही अन्तर्गत 'पहिलो लटको खोप बुधवार बिहान आएको' डा. दाहालले बताए ।

बाँकी खोप पनि चाँडै भित्र्याउने तयारी रहेको डा. दाहालको भनाइ छ । यस्तै चीन सरकारले अनुदान स्वरूप दिने भनेको ३६ लाख डोज भेरोसेल खोपमध्ये १६ लाख डोज पनि १० दिनभित्र आउने भएको छ ।

चीन सरकारले १६ लाख र पछिल्लो पटक २० लाख डोज कोभिड१९विरुद्धको खोप नेपाललाई अनुदानमा दिने घोषणा गरेको थियो । सो अन्तर्गतको अघिल्लो चरणको १६ लाख डोज खोप हप्ता दस दिनभित्रमा आउने डा. दाहालले बताएका हुन् ।



नयाँ