arrow

हाम्रो पात्रोको अध्यक्षमा उद्यमी रुद्र पाण्डे मनोनीत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १० बुधबार
rudra-pandey-hamropatro.jpg

काठमाडौँ। हाम्रो पात्रोको सञ्चालक समितिको अध्यक्षमा उद्यमी रुद्र पाण्डे मनोनीत भएका छन्। संयुक्त राज्य अमेरिकाको डेलावेयरमा दर्ता भएको हाम्रो पात्रो ईंकले नेपालको सफ्टवेयर उद्योगका अग्रगामी एवं अमेरिकाका सबैभन्दा सफल नेपाली उद्यमी पाण्डेलाई अध्यक्षमा मनोनयन गरेको घोषणा गरेको हो।

'हाम्रो पात्रोमा रुद्र दाई लाई स्वागत गर्न पाउँदा उत्साहित एवं सँगै काम गर्न आतुर छु,' हाम्रो पात्रोको सिइओ शङ्कर उप्रेतीले भने। डीटुहकआई कम्पनीमा ६ वर्ष भन्दा बढी समयसम्म उद्यमी पाण्डे आफ्नो मेन्टर रहेको बताउँदै उनले अघि भने, 'म उहाँलाई धेरै सम्मान गर्छु। हाम्रो लिडरका रूपमा उहाँ आउनु एक ठुलो अवसर हो।'

यस्तै उद्यमी पाण्डेले हाम्रो पात्रोको संस्थापक शङ्कर एक सच्चा उद्यमी र सज्जन व्यक्तित्व भएको बताएका छन्। करियरको सुरुवाती अवसरमा आफूले उनलाई देखेको बताउँदै उद्यमी पाण्डेले भने, 'उनले स्थापना गरेको विशेष कम्पनी नेपालबाट निस्केको पहिलो युनिकर्नका रूपमा छ। म शङ्कर र उनको अद्भुत टोलीसँग काम गर्न र यो कम्पनीलाई अझ सफल र ठुलो बनाउनको लागि तत्पर छु।'

सन् २०१० मा सामान्य तरिकाले पात्राको रूपमा स्थापना भएको हाम्रो पात्रो एपका अहिले लाखौँ नेपाली प्रयोगकर्ता रहेका छन्। हाम्रो पात्रोले पात्रोसँगै, समाचार, रेडियो, दृश्य सामग्रीसहित विभिन्न किसिमका सुविधा उपलब्ध गराउँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ