arrow

पोखरामा माइक्रोबस पल्टियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १० बुधबार
accident-final-1618290232.jpg

पोखरा । पोखरामा बस दुर्घटना भएको छ । दुर्घटनामा बसमा सामान्य क्षति भए पनि मानवीय क्षति भने नभएको बताइन्छ । 

पोखरा महानगरपालिका २२ स्थित शान्ति स्तूपा नजिकै ग१ख ३९८४ नम्बरको माइक्रो बस दुर्घटनामा परेको कास्की प्रहरीले जनाएको छ । 

पुम्दीकोटमा रिजर्भका लागि गएको बस मध्यान्ह १२ बजेतिर विश्व शान्ति स्तुपाको पार्किङ नजिकैको घुम्तीमा दुर्घटना भएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

बसमा चालक मात्र रहेको र चालकको अवस्था सामान्य उनले बताए । दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ